इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अक्टोबर २६ मा इजरायलले गरेको आक्रमणविरुद्ध टिप्पणी गरेका छन्।
खामेनीले इजरायलले गलत कदम चालेको बताएका हुन्।
खामेनीले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्- जियोनिस्ट शासनले दुई रातअघि गलत कदम चाल्यो। हामीले उनीहरूलाई इरानी जनताको शक्ति, दृढ संकल्प र पहलको बारेमा बताउनुपर्छ।
The Zionist regime made a wrong move two nights ago. We must make them understand the power, determination, and initiative of the Iranian people.
इजरायलले इरानी सैन्य अखडाहरूमा हवाई आक्रमण गरेको थियो। जसमा चार इरानी सैनिक मारिए।
यसअघि यस महिनाको सुरुमा इरानले इजरायलमा करिब २०० मिसाइल प्रहार गरेको थियो। तर, इरानको आक्रमणमा इजरायललाई कुनै ठूलो क्षति पुगेको छैन।
त्यसैको जवाफमा इजरायलले इरानमा हवाई हमला गरेको बताइएको छ।
Shares

प्रतिक्रिया