कला


‘बेहुली फ्रम मेघौली’ अब ओटीटीमा, यसरी हेर्न सकिन्छ

‘बेहुली फ्रम मेघौली’ अब ओटीटीमा, यसरी हेर्न सकिन्छ

नेपालखबर
कात्तिक ९, २०८१ शुक्रबार १३:४०, काठमाडौँ

निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ ओभर द टप (ओटीटी) मा रिलिज भएको छ।

यो फिल्म ओटीटी प्लेटफर्म एमएसएस भिडिओमा स्ट्रिमिङ भएको छ।

एमएसएम भिडिओ गुगल प्ले र प्ले स्टोर एपमा उपलब्ध छ। दर्शकले डाउनलोड गरेर यसलाई प्रयोग गर्न सक्छन्।

यद्यपि, यो फिल्म अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने एपमा उपलब्ध हुने छैन। यी देशमा हलमै रिलिज भइराखेकाले तत्काल ओटीटीमा नआउने निश्चले बताए।

घटस्थापनाका अवसरमा असोज १७ गते रिलिज भएको यस फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो। 

पहिलो साताभर साढे तीन करोड कमाएको थियो। तर, दोस्रो साता तीन स्वदेशीसहित एक विदेशी फिल्म हुँदा पर्याप्त शो पाउन सकेन।

कम शो पाएपछि निश्चलले सामाजिक सञ्जालमा आफ्नो फिल्ममा अकुपेन्सी हुँदा पनि हिन्दी सिनेमा आएपछि हलवालाले सो घटाएको भन्दै असन्तुष्टि पोखेका थिए। साथै आफूले हलको विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका थिए। त्यसपछि उनले फिल्मलाई हलबाट निकाले।

यसपछि अहिले ओटीटीमा उपलब्ध गराइएको हो।

यो उनीहरूको डेब्यु निर्देशकीय सिनेमा हो। निश्चल र स्वस्तिमाको मुख्य भूमिका रहेको फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्। यस फिल्मले उमेर पुगेपछि आउने बिहेको प्रेसरको कथा भन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad