आगामी मंसिर ७ गतेबाट रिलिज हुने फिल्म ‘देववाणी’को टिजर सार्वजनिक भएको छ। निर्देशक बाबु साहेब बलामी निर्देशित फिल्मको टिजरमा एक्सन, रोमान्स र थ्रिलर समेटिएको छ।
टिजरमा फिल्मका नायक कुन्दन भारद्वाजले आफ्नो गाउँका हरेक नागरिकको रक्षा गर्न गरेको संघर्षलाई देखाइएको छ।
टिजरमा फिल्मका कुन्दनसँगै नायिका अनुजा लेप्चा, कलाकार सुनिल थापा, रविन्द्र झा, ध्रुव कोइराला र भारतीय कलाकार ह्यारीलाई देख्न सकिन्छ।
मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा कुन्दन, अनुजा , सुनिल , ध्रुब , ह्यारीसहित नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना, र मौसम पौडेलको अभिनय छ।
मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन्।
नेपालको सिमरा, वीरगन्ज, इटहरी र काठमाडौँ तथा भारतमा विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद रहेको छ।
फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको छ। फिल्मलाई हरिबहादुर घलेले खिचेका हुन्।
Shares

प्रतिक्रिया