कलाकार माओत्से गुरुङको निर्देशनमा फिल्म ‘पेन्सनपट्टा’ बन्ने भएको छ।
आइतबार गुरुङले फिल्म निर्माणको घोषणा गरेका हुन्।
गत वर्ष गुरुङले ‘दयारानी’बाट निर्देशनमा डेब्यु गरेका थिए। दयाहाङ राई र दीया पुनको मुख्य भूमिका रहेको उक्त फिल्मले बक्सअफिसमा राम्रो कमाइ गरेको थियो। गुरुङले दोस्रोपटक फिल्म निर्देशन गर्न लागेका हुन्।
माओत्से गुरुङ प्रोडक्सन ब्यानरमा बन्ने फिल्ममा माओत्सेकै कथा र पटकथा छ। यो फिल्म भूतपूर्व लाहुरे परिवारको वास्तविक कथामा आधारित छ। फिल्मले लोभी र दानी युवकको कथा भन्नेछ।
फिल्मको कलाकार केही दिनमै सार्वजनिक गरिने निर्माण टोलीले जनाएको छ।
पोखरा र अन्नपूर्ण हिमशृखला सामुन्नेको रमणीय गाउँ ताङतिङमा फिल्मको छायांकन हुनेछ। फिल्मको सुटिङ चैतमा सुरु गरिने निर्माण पक्षले जानकारी गराएको छ।
Shares

प्रतिक्रिया