कला


जितुको फिल्म ‘ज्वाइँ साब’ले कति कमायो?

जितुको फिल्म ‘ज्वाइँ साब’ले कति कमायो?

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १२:१७, काठमाडौँ

गत असोज २४ गते फूलपातीको दिनबाट रिलिज भएको फिल्म ‘ज्वाइँ साब’ दोस्रो सातामा प्रदर्शनरत छ। निर्माण पक्षले आइतबार पहिलोपटक फिल्मको कलेक्सन सार्वजनिक गरेको छ।

वितरकका अनुसार फिल्मले हालसम्म ३ करोड २५ लाख ग्रस कलेक्सन गरेको छ। यो कलेक्सन काठमाडौँ उपत्यकासहित देशभरको हो।

‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ सँगै रिलिज भएको यस फिल्मले सुरुवाती दिनमा औसत व्यापार गरेको थियो। तर, माउथ पब्लिसिटीले गर्दा बिस्तारै फिल्मले पिकअप लिन सुरु गरेको थियो। हलबाट प्राप्त शोमा शतप्रतिशत अकुपेन्ची छ। 

फिल्मलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेको छ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

रेड आइ फिल्मसको व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad