कला


देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सबाट ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले पाए सुपरहिटको ट्याग

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सबाट ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले पाए सुपरहिटको ट्याग

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १३:५४, काठमाडौँ

प्रदर्शनरत फिल्महरु ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ लाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले सुपरहिट घोषणा गरेको छ। 

क्यूएफएक्सका हलमा राम्रो कमाइ गरेको हिसाबले यी फिल्मले ब्लकबस्टर फिल्मको ट्याग पाएका हुन्। 

दसैंमा रिलिज भएका यी दुबै फिल्मले सुपरहिट भएको क्यूएफएक्सको जनरल म्यानेजर तृप्ती गिरीले जानकारी दिइन्। 

उनका अनुसार क्यूएफएक्सका हलमा कुनै फिल्मले पहिलो सप्ताहन्त ९विकेन्ड० मा १ करोड ५० लाख रुपैयाँ ग्रस कमाए ‘ब्लकबस्टर’ को ट्याग दिइन्छ। तर, एकसाताभरि सोही बराबरको कमाइ गरेमा ‘सुपरहिट’ घोषणा गरिन्छ।

‘‘छक्कापञ्जा ५’ ले गत सोमबार देशभरिका हलमा उक्त रकम पार गरेको थियो। तर, १२ गाउँलाई भने यो मापदण्ड पूरा गर्न बुधबारसम्म समय लाग्यो। हाम्रो चेनमा दुबै फिल्मले डेढ करोडरडेढ करोड माथि कलेक्सन गरेका छन्,’उनले नेपालखबरसँगको कुराकानीमा भनिन्। 

क्यूएफएक्सले ‘महाजात्रा’बाट सुपरहिटको ट्याग दिन सुरु गरेको हो। त्यसयता महाजात्रा, बोक्सीको घर, स्त्री २, कल्कीले मात्र सुपरहिटको ट्याग पाइसकेका छन्। 

हलमा तोकिएको कमाइ पुरा गरेमा अटोमेटिकरुपमा वेबसाइटमा ट्याग देखापर्ने गिरीको भनाई छ। अहिले उपत्यकामा ७ र काठमाडौँ बाहिर १० गरी क्यूएफएक्सको संख्या १७ हलहरु छन्। जसमा ४० वटा पर्दाहरु रहेका छन्।

बिहिबारदेखि यी दुबै फिल्महरु दोस्रो सातामा प्रदर्शनरत छन्। क्यूएफएक्सका हलमा दुबै फिल्मको अकुपेन्ची शतप्रतिशत रहेको समेत उनले सुनाइन्। 

विराज भट्ट निर्देशित ‘१२ गाउँ’ ले एकसातामा देशभर १० करोड ५ लाख ग्रस कलेक्सन गरिसकेको छ। यो विराजका छोरा समीरको डेब्यु फिल्म हो। त्यसैगरि, दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्कापञ्जा ५’ ले पनि एकसातामा ११ करोड ५० लाख कमाइ सकेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad