गायिका टीका प्रसाई र गायक निरज खतिवडाको युगल गायनमा रहेको ‘ओ हेलो’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
प्रेमिल शैलीको यस गीतमा शब्द पुष्प लम्सालको रहेको छ। गायक खतिवडाले संगीतवद्द गरेको यस गीतलाई रोशन मिश्रले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडिओमा अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ र सायद श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।
सायद श्रेष्ठले कोरियोग्राफी गरेको यस भिडिओलाई संजय सेन्चुरीको छायाँकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो।
गीतको भिडिओ ‘बाबा फिल्म प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
255
Shares

प्रतिक्रिया