ad ad

कला


किरण राव निर्देशित फिल्म ‘लापता लेडिज’ अस्करमा पठाइने

किरण राव निर्देशित फिल्म ‘लापता लेडिज’ अस्करमा पठाइने

नेपालखबर
असोज ७, २०८१ सोमबार १४:२४, काठमाडौँ

चर्चित बलिउड फिल्म ‘लापता लेडिज’ भारतबाट अस्करको लागि मनोनयन भएको छ। यस फिल्मले सन् २०२५ को अस्कार अवार्डमा भारतबाट आधिकारिक प्रवेश पाएको हो। 

किरण राव निर्देशित यस फिल्मलाई विदेशी चलचित्रको विधामा पठाइएको छ। यो फिल्म आमिर खानको प्रोडक्सन हाउसको ब्यानरमा बनेको हो।  

फिल्ममा स्पर्श श्रीवास्तव, प्रतिभा रन्त र नितांशी गोयलको मुख्य भूमिका रहेको छ। कमेडी जनरामा बनेको बलिउड फिल्म यस फिल्ममा दुई बेहुली साटिएको कथा छ।

फिल्म फेडरेशन अफ इन्डिया छनोट समितिका अध्यक्ष जाहनु बरुआले सोमबार यसबारे घोषणा गरे। उनले यस वर्ष देशभरबाट २९ फिल्म अस्कर पठाउने दौडमा रहेको बताए।

जसमा विक्की कौशलको ‘साम बहादुर’, रणवीर कपूरको ‘एनिमल’ र कार्तिक आर्यनको ‘चन्दु च्याम्पियन’ समावेश थिए। १३ सदस्यीय निर्णायक मण्डलले यी २९ फिल्मबाट ‘मिसिङ लेडीज’ छनोट गरेको छ।

९७ औँ अस्करका लागि मनोनयनहरू जनवरी १७, २०२५ मा घोषणा गरिनेछ। ओस्कार अवार्ड समारोह मार्च २, २०२५ मा हुनेछ।

‘लापता लेडीज’ यसै वर्ष मार्च १ मा हलमा रिलिज भएको थियो। समीक्षक र दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको यस फिल्मले २५ करोड भारतीय रुपैयाँ कमाइ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .