ad ad

कला


७६ वर्ष पुगेका महेश भट्टले पोडकास्ट सुरु गर्ने

७६ वर्ष पुगेका महेश भट्टले पोडकास्ट सुरु गर्ने

नेपालखबर
असोज ४, २०८१ शुक्रबार १६:२०, काठमाडौँ

बलिउडका दिग्गज फिल्ममेकर महेश भट्टले आज आफ्नो ७६ औँ जन्मदिन मनाइरहेका छन्। उनले आफ्नो करियरमा आशिकी, सारांश र सडक जस्ता धेरै हिट फिल्महरू दिए। 

आफ्नो जन्मदिनको अवसरमा उनले दैनिक भास्करलाई विशेष अन्तर्वार्ता दिएका हुन्। जसमा उनले आफ्नो पर्सनल लाइफका बारेमा धेरै कुरा खुलाए।

भट्टका अनुसार उनले छिट्टै पोडकास्ट सुरु गर्दैछन्, जसमा आफूले जीवनमा कुनै न कुनै कुराको लत बसेका व्यक्तिहरूसँग कुरा गर्ने बताए।

इमरान जाहिदले यो पोडकास्ट निर्माण गर्दैछन्। 

‘मैं ने दिल से कहा नामको पोडकास्ट सुरु गर्दैछु। हामी सबै आफ्नो व्यक्तिगत जीवनमा केही अन्धकारसँग संघर्ष गरिरहेका छौं। म रक्सी सहित धेरै लतबाट गुज्रिए।। लत जुनसुकै कुराको पनि हुनसक्छ भनी बताउछु। मैले ३८ वर्षदेखि एक थोपा रक्सी पनि पिइनँ। हामीले त्यो समस्या भोगिसकेका छौं, त्यसैले हामीले त्यो कुरा बुझ्न सक्छौं,’उनले भने। 

साथै, उनले आफ्नो निजी जीवनबारे थप खोल्दै लतबारे चर्चा गर्न जरुरी रहेको सुनाए।

उनले अन्तर्वार्तामा भने, ‘प्रायः असफल मानिसहरू मात्र रक्सी पिउने गर्छन्। सुरुमा सस्तो ब्रान्डको रक्सी पिउने गर्छ। जब उनी सफल हुन्छन्, उनी महँगो ब्रान्डहरू किन्न थाल्छन्। रक्सीको लतबाट कसरी छुटकारा पाउनुको पछाडि एउटा कथा छ। मेरी कान्छी छोरी शाहिन जन्मिइन्। उनको जन्म हुँदा म धेरै खुसी थिएँ। दुई दिनसम्म लगातार मदिरा पिउदै थिए। एक दिन मैले उसलाई आफ्नो काखमा लिएँ र उसले आफ्नो अनुहार फर्काइ। त्यतिखेर मलाई प्रकृतिले यो विष छोडिदिनुपर्छ भन्यो जस्तो लाग्यो। त्यस दिनदेखि मैले रक्सीको एक थोपा पनि पिइनँ।’

जसले आफ्नो जीवनको बारेमा खुलेर बोल्छन् र बुझ्छन्, उनीहरूलाई यो शोमा बोलाइने उनको भनाइ छ। पोडकास्टमा मनोरञ्जन, खेलकुद वा कर्पोरेटको क्षेत्रलगायतका व्यक्तिहरु उपस्थिति हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .