कला


श्रृंखलाले निर्माण गरेको स्वास्थ्य चौकी अवलोकन गर्न मिस वर्ल्ड टोनी मकवानपुरमा

श्रृंखलाले निर्माण गरेको स्वास्थ्य चौकी अवलोकन गर्न मिस वर्ल्ड टोनी मकवानपुरमा

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार १२:१४,

नेपाल भ्रमणमा रहेको मिस वर्ल्ड २०१९ टोनी एन सिंह शुक्रबार मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ७ तामलाङ गाउँ पुगेकी छन्।

पूर्व मिस नेपाल शृंखला खतिवडाले निर्माण गरेको तामलाङस्थित ङिको स्वास्थ्य चौकीको अवलोकन गर्न मिस वर्ल्ड टोनी एन सिंह, मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ श्रृंखला खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजकहरु पुगेका थिए।

toni11.jpg

मिस वर्ल्डमा ब्युटी विथ पर्पज बिधा जित्न सफल भएको स्वाथ्यचौकीको अवलोकनपछि मिस वर्ल्डकी अध्यक्ष मोर्लेले बर्थिङ सेन्टर चलाउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेकी छन्।

toni12.jpg

मिस वर्ल्डकी अध्यक्ष मोर्लेले २०१८ को मिस वर्ल्डमा ब्युटी पर्पज जित्न सफल भएको स्थानमा पुग्न र देख्न पाएकोमा खुसी व्यक्त गरिन्।

मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्ले र मिस वर्ल्ड टोनी एन सिंह मिस नेपाल आयोजक हिडेन ट्रेजरको २५ औं वार्षिकोत्सवमा सहभागी हुन नेपाल आएका हुन्।

toni13.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad