ad ad

कला


बलिउड निर्देशक हिरानी ‘शाम्बाला’ हेर्न नेपाल आउने

बलिउड निर्देशक हिरानी ‘शाम्बाला’ हेर्न नेपाल आउने

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १५:५९, काठमाडौँ

चर्चित बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने भएका छन्। आजबाट प्रदर्शन भएको मीन भाम निर्देशित फिल्म ‘शाम्बाला’ हेर्न हिरानी नेपाल आउन लागेका हुन्।

असोज पहिलो साता उनी नेपाल आउने फिल्मका एसोसियट निर्माता मिन्सो लिम्बूले बताए। फिल्म हेर्नुका साथै केही दिन पोखरा घुम्ने तय भएको छ। सेप्टेम्बर २० देखि २५ सम्म हिरानी नेपालमा हुनेछन्।

‘उहाँले बर्लिनमै हेर्न खोज्नुभएको थियो, त्यहाँ मिलेन। लिंक पठाउँछु भन्दा सानो स्क्रिनमा हेर्दिन भन्नुभो। ठूलै पर्दामा फिल्म हेर्ने र घुम्ने योजनासहित उहाँ नेपाल आउँदै हुनुहुन्छ। सेप्टेम्बर २० देखि २५ सम्म उहाँ नेपाल बस्ने योजना छ,’उनले भने।

हिरानीले थ्री इडियट्स, पिके, सञ्जु र डंकी लगायतका चर्चित फिल्महरु निर्देशन गरेका थिए।

गत आइतबार भएको प्रिमियर शोमा बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दिकीले पनि फिल्म हेरेका थिए।

बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म स्विट्जरल्यान्डको लोकार्नोमा स्क्रिनिङ भएको थियो। जहाँ अभिनेत्री थिन्हेले उत्कृष्ट अभिनयका लागि बोक्कलिनो डिओर अवार्ड जितिन्।

भामको दोस्रो निर्देशकीय फिल्म ‘शाम्बाला’मा थिन्लेसहित सोनम तोप्देन मुख्य भूमिकामा छन्।

‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो। उक्त फेस्टिभलको विधामा छनोट हुने यो पहिलो नेपाली फिचर फिल्म हो।

यस फिल्मले नेपाली पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा छ। फिल्मको कथा निर्देशक भाम र अविनाश विक्रम शाहीले लेखेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .