चर्चित बलिउड फिल्म ‘वीरजारा’ पुनः प्रदर्शन हुँदैछ। शाहरुख खान र प्रीति जिन्टा अभिनित यो फिल्म नेपालमा पनि भोलिबाट पुनः रिलिज हुन लागेको हो।
रिलिजको बिसौं वार्षिकोत्सवको अवसरमा यशराज फिल्म्सले ‘वीरजारा’ लाई विश्वभर फेरि रिलिज गर्न लागेको हो। यो फिल्म व्यवसायिक तथा समीक्षात्मक हिसाबले उत्कृष्ट यस फिल्मले सीमापारको प्रेमकथालाई उठान गरेको छ।
यस फिल्ममा शाहरुख र प्रीतिसहित रानी मुखर्जी,अमिताभ बच्चन, दिव्या दत्त, मनोज बाजपेयी, बोमन इरानी, अनुपम खेर र किरण खेर लगायतको अभिनय छ। यश चोपडा निर्देशित फिल्ममा भारतीय केटा र पाकिस्तानी केटीबीचको प्रेमकथाको कथा भन्छ।
यो फिल्म नेपालमा क्यूएफएक्सबाहेकका हलहरुमा रिलिज हुँदैछ।
84
Shares

प्रतिक्रिया