ad ad

राजनीति


निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा पहिले राज्यव्यवस्था समिति स्पष्ट हुनुपर्छ : गृहमन्त्री लेखक

निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा पहिले राज्यव्यवस्था समिति स्पष्ट हुनुपर्छ : गृहमन्त्री लेखक

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १३:१०, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा राज्य व्यवस्था तथा सुशासन समिति स्पष्ट हुन जरुरी रहेको बताएका छन्।

बिहीबार सिंहदरबारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासनको बैठकमा बोल्दै गृहमन्त्री लेखकले अख्तियार निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने भन्ने विषयमा स्पष्ट हुन आवश्यक रहेको बताए।

‘नीजि क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने, जाने हो भने कतिसम्म जाने भन्ने कुरामा स्पष्टता भयो भने लेख्ने कुरामा गाह्रो हुन्न,’ लेखकले भने, ‘पहिले त प्रिन्सिपल सेट हुनु पर्‍यो, प्रिन्सिपल सेट भए सोही अनुसार भाषा लख्ने हो। भाषा लेख्ने कुरा कठिनाई होइन।’

यद्यपि उनले छलफलका क्रममा नीजि क्षेत्रमा जानु हुन्न भन्ने कुरामा आम सहमति देखिएको बताए। ‘अझैं एउटा कुरा टुंगिन बाँकी रहेको जस्तो के देखियो भने, सरकारी पैसा नीजिमा गएको छ भने फेरि हेर्नुपर्छ है भन्ने पनि विषय छ,’ लेखकले भने, ‘सरकारी पैसामा निजीमा गएकोमा ऋण गएको की अनुदान गएौको अथावा जाने प्रक्रियालाई समात्ने हो की ? जुन सरकारी पैसा गएको छ त्यो हकसम्म मात्रै हेर्ने हो की ? उसको आफ्नो पनि हेर्ने हो की? यो कुरामा समिति पहिले सिद्दान्तत स्पष्ट होस।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .