ad ad

कला


अभिनेत्री मलाइका अरोराका पिता सातौँ तलाबाट हाम फालेको घटना रहस्यमय

अभिनेत्री मलाइका अरोराका पिता सातौँ तलाबाट हाम फालेको घटना रहस्यमय

बीचमा बुवा अनिल अरोरा, दुईतिर छोरीहरू अभिनेत्री मलाईका अरोराका दिदीबहिनी।


नेपालखबर
भदौ २७, २०८१ बिहिबार ७:२८, काठमाडौँ

बलिउड अभिनेत्री मलाइका अरोराका पिता अनिल अरोराको बुधबार मुम्बईमा निधन भएको छ। 

उनले बान्द्रास्थित आफ्नो घरको सातौँ तला (बालकनी) बाट हाम फालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  

प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको देखिए पनि घटनबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

यसैबीच, मलाइकाकी आमा तथा अनिलकी पूर्वपत्नी जोयस पोलीकार्पले यस विषयमा आफ्नो बयान रेकर्ड गराएकी छन्। 

उनले सम्बन्धविच्छेद भए पनि आफूहरू पुनः एकता भएको र सँगै बस्ने गरेको प्रहरीसँग बताएकी छन्। 

जोयस पोलीकार्पका अनुसार अनिल हरेक बिहान बाल्कनीमा बसेर पत्रिका पढ्ने गर्थे। घटनाका दिन बिहान जोयसले बैठक कोठामा अनिलको चप्पल देखिन् र उनलाई खोज्न बालकनीमा गइन्। उनी त्यहाँ थिएनन्।

यसपछि उनी रेलिङमा गइन् र तल कोलाहल देखिन्। भवनको चौकीदार केही गडबड भएको थाहा पाएपछि मद्दतका लागि चिच्याइरहेका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार जोयसले प्रहरीलाई अनिल कुनै ठूलो रोगबाट पीडित नभएको र घुँडाको दुखाइबाहेक सामान्यतया स्वस्थ रहेको बताएकी छन्। कुनै ठूलो रोग तथा पीडा नहुँदा नहुँदै पनि उनले किन त्यस्तो कदम चाले भन्ने कुरा रहस्यमै रहेको उनले बताइन्। 

यसैबीच मुम्बई प्रहरीले अभिनेत्री मलाइका अरोराका बुबा अनिल अरोराको मृत्यु पहिलो दृष्टिमा आत्महत्या देखिएको बताएको छ। यद्यपि घटनाका सबै पक्षको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। मृतकको शव पोस्टमार्टमका लागि पठाइएको प्रहरी अपराध महाशाखाका डीसीपी राज तिलक रोशनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .