ad ad

कला


‘बाहुबली २’ लाई पछि पार्दै ‘स्त्री २’ पाँच सय करोड क्लबमा प्रवेश

‘बाहुबली २’ लाई पछि पार्दै ‘स्त्री २’ पाँच सय करोड क्लबमा प्रवेश

नेपालखबर
भदौ १७, २०८१ सोमबार १७:३६, काठमाडौँ

श्रद्धा कपुर र राजकुमार राव अभिनित बलिउड फिल्म ‘स्त्री २’ ५०० सय करोडमा प्रवेश गरेको छ। रिलिज भएको तेस्रो सातामा यस फिल्मले विश्वरभर नेट ५०२ करोड भारतीय रुपैयाँको आकंडा पार गरेको हो।

निर्माण पक्षले फिल्मको तथ्यांक सार्वजनिक गरेको छ। ‘स्त्री २’ फिल्मले विश्वभर १८ औं दिनमा ५ सय ९३ करोड ग्रस कलेक्सन गरेको छ। १८ औं दिनमा पनि फिल्मले ४८।७ करोड रुपैयाँ थपिएको छ।

साथै फिल्म ‘स्त्री २’ ले पहिलो पार्ट अर्थात ‘स्त्री’ को रेकर्ड पनि तोडेको छ। विश्वव्यापी कलेक्शनको कुरा गर्ने हो भने यस फिल्मले यसअघि नै ‘वार’, ‘एक था टाइगर’, ‘धूम ३’ जस्ता धेरै फिल्मलाई पछि पार्दै सात वर्षदेखि ५ सय करोड क्लबमा राज गर्दै आएको ‘बाहुबली २’लाई पछि पारेको छ।

वास्तवमा फिल्म ‘बाहुबली २’ तेस्रो विकेन्डमा ५०० करोड क्लबमा प्रवेश गरेको थियो। यति अवधिमा उक्त फिल्मको कलेक्शनको सात वर्षको कीर्तिमान फिल्म ‘स्त्री २’ ले तोडेको छ।

यो फिल्म घरेलु बक्सअफिसमा यसवर्षको सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म समेत हो। ‘स्त्री’को दोस्रो श्रृखंलामा अपारशक्ति खुराना, अभिषेक बनर्जी र पंकज त्रिपाठीको पनि अभिनय छ।

यो फिल्म २०१८ को हिट हरर कमेडी चलचित्र ‘स्त्री’ को सिक्वेल हो, जसले दर्शकलाई धेरै हँसाएको र डराएको थियो। ‘स्त्री २’ लाई ‘स्त्री’बाट निर्देशनमा डेब्यु गरेका अमर कौशिकले निर्देशन गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .