ad ad

कला


असोज ११ गतेबाट रिलिज हुँदै फिल्म ‘आँखा’

असोज ११ गतेबाट रिलिज हुँदै फिल्म ‘आँखा’

नेपालखबर
भदौ २, २०८१ आइतबार १३:६, काठमाडौँ

सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’ को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दैं आगामी असोज ११ का लागि रिलिज मिति तोकेको हो।

फिल्मको पोस्टरमा स्मिता लामिछाने र आर के मेहता फिचर्ड छन्। लामा सिनेमाको प्रस्तुतिमा तयार भएको ‍फिल्म जोन योंजनले लेखन तथा निर्देशनमा तयार भएको हो।

लामिछानेले यसअघि बाह्र सत्ताईस, म राजेश हमाल लगायतका थुप्रै चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् भने आर के मेहता यसै चलचित्रमार्फत डेब्यु गर्दैछन्।

उनले यसका लागि १५ किलो तौल घटाएका थिए।

यस फिल्ममा स्मिता र आर केसहित निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल, मोहन अभिलाषी लगायत थुप्रै कलाकारहरुले अभिनय छ।

बाल कलाकारको भुमिकामा प्रसन राई रहेका छन्। राईले चलचित्र गाउँ आएको बाटोमा समेत मुख्य भूमिका निर्वाह गरेका थिए।

रंगमञ्चमा लामो समय सक्रिय मेहताले शिल्पी थिएटरमा जेसिमो बेटा भर्सन, कोमा, माझिपा लाखे, नारी, के लाग्यो हाल्का ले, एल्लो कमेडी जस्ता थुप्रै नाटकहरु गरेका थिए।

उनी ’हारजित’ ‘वीच’, ‘जिउँदो आकाश’ नाटकका अभिनेता तथा निर्देशक पनि हुन्। उनले इटालीमा एकडेमिया डेल् आर्ते मा फिजिकल थिएटरको डिप्लोमा गरेर त्यही प्रशिक्षण पनि दिएका थिए। 

चलचित्रलाई जौन योंजन आफैले निर्माण गरेका छन्। सहनिर्माताका रुपमा रेनुका कार्की रहेकी छिन्। ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको चलचित्र ‘आँखा’को छायांकन आलोक शुक्लाले गरेका हुन्।

यो फिल्म आधुनिक समाजमा तल्लो वर्गको संघर्ष र बाँच्नका लागि मानिसहरू समयको कति लामो गहिराईसम्म जान्छन् भन्ने मार्मिक दृष्टिकोण भएको निर्देशक बताउँछन्। दुःख एक्लोपन जत्तिकै भयानक र त्रासपूर्ण हुन्छ, यहि परिधि भित्रको रमाइलो कथा ’आँखा’ हो। 

निर्देशक योंजनले यसअघि बाह्र सत्ताईस र म राजेश हमाल निर्देशन गरिसकेका छन्। म राजेश हमाल प्रदर्शनको तयारीमा हुँदा उनी नयाँ चलचित्र रोल नं १ को निर्माणको तयारीमा लागेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .