एकसाथ आधा दर्जन बढी तीज गीत सार्वजनिक भएका छन्।
आइतवार काठमाडौंको राष्ट्रिय नाचघरमा यस वर्ष बजारमा आएका मौलिक आधा दर्जन बढी तीज गीत सार्वजनिक भएका हुन्।
कार्यक्रममा सामूहिक विमोचनसँगै विकृतिजन्य गीतहरूको बारेमा पनि अन्तरक्रिया गरिएको थियो।
सारी लरक्कै, बाबाको आँगनीमा, फेरि आयो तिजै, चेलीलाई माइती, कालो कपाल पारेर फरर लगायतका गीतहरू एकसाथ विमोचन भएका हुन्।
सो अवसरमा गीतका सर्जक, एवं गायक गायिकाहरूले आफ्नो आफ्नो धारणा प्रस्तुत गरेका थिए। नेपाली लोक संस्कृतिको संरक्षण, संवर्द्धन र प्रचार प्रसार गरौँ, शान्ति, प्रेस स्वतन्त्रता, मानव अधिकार र पत्रकार हकहितको सुनश्चित गरौँ भन्ने नारासहित राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा गीतहरुको सामूहिक विमोचन भएको हो।
यस वर्ष हरितालिक तीज भदौ २१ गते परेको छ।
Shares
प्रतिक्रिया