ad ad

कारोबार


इन्टरनेट कम्पनी श्री इन्फोकम बन्द, ग्रामीण कोष र रोयल्टी दस्तुर बुझाउन प्राधिकरणको सूचना

इन्टरनेट कम्पनी श्री इन्फोकम बन्द, ग्रामीण कोष र रोयल्टी दस्तुर बुझाउन प्राधिकरणको सूचना

नेपालखबर
साउन २७, २०८१ आइतबार १७:४६, काठमाडौँ

हात्तीसारमा रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी श्री इन्फोकम प्रालि बन्द भएको छ। 

२०५६ असार १५ मा नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र लिएको उक्त कम्पनी गत असार १४ गतेसम्म सञ्चालनमा थियो। तर कम्पनीले त्यसयता थप सेवा सञ्चालन गर्न नचाहेपछि बन्द भएको हो। 

प्राधिकरणले दूरसञ्चार ऐन २०५३ को दफा २५ (१) अनुसार उक्त कम्पनीको अनुमतिपत्रको अवधि समाप्त भएको उल्लेख गरेको छ।

योसँगै उक्त कम्पनीलाई आर्थिक वर्ष २०८०/८१ को अडिट भएको वित्तीय विवरणअनुसार तिर्नुपर्ने ग्रामीण दूरसञ्चार विकास कोष र रोयल्टी दस्तुरबापतको रकम यथाशीघ्र बुझाउन प्राधिकरणमा आउन समेत भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .