ad ad

कला


सिसन बानियाँले खोले फिल्म कम्पनी

सिसन बानियाँले खोले फिल्म कम्पनी

नेपालखबर
साउन ७, २०८१ सोमबार १४:५६, काठमाडौँ

चर्चित भ्लगर सिसन बानियाँले फिल्म निर्माण कम्पनी खोलेका छन्। उनले फेसबुकमार्फत आफूले फिल्म कम्पनी ‘रेन वेभ पिक्चर्स’ को घोषणा गरेका हुन्।

‘फ्रिलान्सरको रुपमा वर्षौं बिताएपछि लगभग एक दशक युट्युब सामग्री, निर्माता, यात्रा भ्लगरको रूपमा काम गरें। मलाई लाग्छ यो समय अब मेरो जीवनको सबैभन्दा ठूलो सपनातर्फ कदम चाल्ने समय हो। तपाईंहरु सबैसामु प्रस्तुत गर्छुस् रेनवेभ पिक्चर्स,’ उनले लेखेका छन्।

सिसनले फिल्म ‘होलटाइमर्स’ निर्माण गरिसकेका छन्। यतिखेर प्रोस्ट-प्रोडक्सनमा रहेको यो फिल्म फेस्टिभलपछि हलमा रिलिज हुने तयारी छ।प्रवीण टक्की कार्कीसँग मिलेर बनाएको यस फिल्मलाई पूजा गुरुङ र विभुषण बस्नेतको निर्देशन रहेको छ।

यस कम्पनीले निर्मातासहित पटकथा लेखन, छायाँकार, अभिनेता र निर्देशकजस्ता महत्वाकांक्षी फिल्ममेकरलाई एकैठाउँमा ल्याउने प्लेटफर्म रहेको समेत उनको भनाइ छ।

यस प्लेटफर्मले लगानी, उत्पादन र वितरणको दबाब झेलेका क्रिएटिभ सर्जकलाघ सहयोग गर्ने उनले सुनाए। आगामी हिउँदमा अर्को फिल्म बनाउने समेत बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .