ad ad

कला


प्रभासको ‘कल्की २८९८ एडी’ ले २२ दिनमा कति कमायो?

प्रभासको ‘कल्की २८९८ एडी’ ले २२ दिनमा कति कमायो?

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०८१ शुक्रबार ११:२८, काठमाडौँ

प्रभास स्टारर दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ ले राम्रो व्यापार गरिरहेको छ। आफ्नो दमदार प्रदर्शनलाई निरन्तरता दिँदै यस फिल्मले २२ औं दिन घरेलु बक्सअफिसमा ६०० करोड रुपैयाँ भारतीय रुपैयाँको आकंडा पार गरेको छ। 

यस फिल्मले भारतमा मात्रै नभई विदेशमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ। प्रभासको यो फिल्म साइन्स फिक्शन ड्रामा हो, जसले दर्शकलाई आकर्षित गरिरहेको छ। विश्वव्यापी कलेक्सनमा ग्रस १,१६० करोड भारु रुपैयाँ कमाएको छ।

फिल्मको कथा, स्पेशल इफेक्ट र बलियो स्टार कास्टनै फिल्मको सफलताको मुख्य कारण हो। भारतीय सञ्चारमाध्यमअनुसार ‘कल्की २८९८ एडी’ ले भारतमा रिलिजको २२ दिनमा नेट ६०२.१ करोड भारु कमाएको हो। 

यो फिल्म प्रभाससहित यस फिल्ममा दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हसन मुख्य भूमिकामा छन्। नाग अश्विनको निर्देशनमा बनेको यो फिल्म भगवान् विष्णुको कल्की अवतार देखाउने प्रयास गरिएको छ।

सन् २०२० मा निर्माण घोषणा गरिएको यो फिल्म ६०० करोड भारतीय रुपैयाँमा बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .