अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले परम्पराअनुसार विवाह गरेका छन्।
प्रियंका र आयुष्मानले शुक्रबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हिन्दु परम्पराअनुसार विवाह गरेका हुन्।
दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले बिहीबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी बिहे गरेका थिए। त्यसको भोलिपल्टै परिवारका सदस्यहरु, केही फिल्मकर्मीको उपस्थितिमा उनीहरुले बिहे गरेका हुन्।

उनीहरुले गतवर्ष नै इन्गेजमेन्ट गरेका थिए। यो जोडीले विवाहपछि सँगै बस्न काठमाडौंमा घर समेत किनिसकेको छ।
उनीहरुले एकसाथ ‘कथा काठमाण्डू’, ‘चंगा चेट’ र ‘प्रेम दिवस’ लगायतका चलचित्रमा काम गरेका छन्।
बिहैपछि शुक्रबार साँझ उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि भव्य पार्टीको समेत आयोजना गरेका छन्।

प्रतिक्रिया