ad ad

कला


प्रभास अभिनित फिल्म ‘कल्की २८९८ एडी’ ले १८ दिनमा कति कमायो?

प्रभास अभिनित फिल्म ‘कल्की २८९८ एडी’ ले १८ दिनमा कति कमायो?

नेपालखबर
असार ३१, २०८१ सोमबार १६:३३, काठमाडौँ

दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। प्रभास स्टारर यस फिल्मले प्रदर्शनको १८ औं दिनमा घरेलु बक्सअफिसमा नेट ५७९।९५ करोड भारतीय रुपैयाँको आकंडा पार गरेको हो।

‘कल्की २८९८’ सिनेमा हलमा रिलिज भएको १८ दिन पूरा भएको छ। साइन्स फिक्सन यस फिल्मले पहिलो दिन ९५.३ करोडको ओपनिङ गरेको थियो।

पहिलो र दोस्रो साता उत्साहजनक व्यापार गर्दा गत शुक्रबार ६ करोड भारु कमाएको थियो। शनिबारको कमाई भने १४.३५ करोड भारु थियो। आइतबार संकलनमा केही वृद्धि भएको छ। भारतीय मिडियाका अनुसार १४ जुलाईमा करिब १६.२५ करोडको व्यापार गरेको थियो।

योसँगै रिलिजको १८ दिनमा घरेलु बक्सअफिसमा सबै भाषामा ५७९.९५ करोड भारुको नेट कलेक्सन गरेको छ। यो फिल्म तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दीलगायत धेरै भाषामा रिलिज भएको थियो।

‘कल्कि २८९८ एडी’ ले भारतमा मात्रै नभई अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो व्यापार गरिरहेको छ। यस फिल्मले विश्वभरबाट १००० करोड भारु कमाइसकेको छ। आगामी दिनमा ‘कल्की २८९८ एडी’ को आम्दानी पनि बढ्न सक्ने व्यापार विश्लेषकहरुको विश्वास छ।

यो फिल्म प्रभाससहित यस फिल्ममा दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हसन मुख्य भूमिकामा छन्। नाग अश्विनको निर्देशनमा बनेको यो फिल्म भगवान् विष्णुको कल्की अवतार देखाउने प्रयास गरिएको छ।

सन् २०२० मा निर्माण घोषणा गरिएको यो फिल्म ६०० करोड भारतीय रुपैयाँमा बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .