बलिउड अभिनेत्री उर्वशी रौतेला फिल्मको सुटिङका क्रममा गम्भीर घाइते भएकी छन्।
हैदरावादमा सुटिङको क्रममा उनको हातमा भाँचिएपछि अस्पतालमा भर्ना गरिएको भारतीय समाचारमाध्यमले उल्लेख गरेका छन्।
उर्वशी रौतेला हैदराबादमा नन्दमुरी बालकृष्णको आगामी तेलुगु फिल्म ‘एनबीके १०९’को सुटिङ गरिरहेकी थिइन्। यो फिल्मको एक्सन सिक्वेन्सको सुटिङका क्रममा उनी गम्भीर घाइते भएकी हुन्।
यतिबेला उनी चोटका कारण निकै चिन्तित रहेको बताइएको छ। हाल उनको अस्पतालमा उपचार भइरहेको छ। पूर्ण रूपमा निको भएपछि उर्वशीले फेरि सुटिङ सुरु गर्नेछिन्।
यो फिल्म तेलुगु सुपरस्टार नन्दमुरी बालकृष्णको १०९औँ फिल्म हो। त्यसैले फिल्मको अस्थायी शीर्षक ‘एनबीके १०९’ राखिएको छ।
बबी कोल्लीले निर्देशन गरेको फिल्मको सुटिङ गत नोभेम्बरमा सुरु भएको थियो। यस फिल्ममा उर्वशीसहित बबी देओल, प्रकाश राज र दुल्कर सलमानको पनि अभिनय छ। जहाँ नन्दमुरी बालकृष्ण मुख्य भूमिकामा छन्।
Shares

प्रतिक्रिया