ad ad

कला


बेसहारा बुवाआमाको कथामा ‘लापत्ता सन्तान’ तयार

बेसहारा बुवाआमाको कथामा ‘लापत्ता सन्तान’ तयार

नेपालखबर
असार २६, २०८१ बुधबार १४:१, काठमाडौँ

विभिन्न कारण बेसहारा बनेर वृद्धाश्रम पुगेका बुवाआमाको कथामा डकुमेन्ट्री सर्ट फिल्म ‘लापत्ता सन्तान’ तयार भएको छ।

रामजी ज्ञवालीको लेखन, निर्माण एवं निर्देशनना बनेको फिल्मको मंगलबार फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ।

पोस्टरमा फिल्मका मुख्य कलाकारहरु रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सविना राउत, निलम भट्ट र मनीष पी निरौलालाई देख्न सकिन्छ। 

फिल्मको टिजर केही दिनमा सार्वजनिक गरिने निर्देशक ज्ञवालीले बताए। ‘टिजरबाट केही कथा बोल्छौं। पूरा फिल्म भने केही ढिला सार्वजनिक गर्ने हाम्रो तयारी छ,’ उनले भने। 

फिल्म निर्माण गर्न ज्ञवालीले ९ लाख खर्च गरेको दाबी गरे। फिल्म निर्माण गर्नुको उद्देश्य कमाउनेभन्दा पनि जनचेतना फैलाउने रहेको उनको भनाइ छ।

निरज कँडेलको डीओपी र नहकुल खड्काको सम्पादनमा तयार भएको फिल्मको कलर संयोजन राजेन्द्र मोक्तानले गरेका हुन्। 

यसअघि ज्ञवालीले डार्क मुनु, एक लभरु, आराध्या, हनिमुनलगायत सर्ट फिल्म बनाइसकेका छन्।

विशेष शो र फेस्टिभललाई लक्ष्य गरेर निर्माण गरिएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ भने युट्युबमा सार्वजनिक गरेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .