कला


सलमान निवासमा गोलीकाण्ड : ९ जनाविरुद्ध मुद्दा

सलमान निवासमा गोलीकाण्ड : ९ जनाविरुद्ध मुद्दा

सलमान खान


नेपालखबर
असार २४, २०८१ सोमबार २२:२, काठमाडौँ

गत अप्रिलमा सलमान खानको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर दुईजना आक्रमणकारीले गोली हानेर भागेको घटनाबारे प्रहरीले गम्भीर रूपमा अनुसन्धान गरिरहेको छ। 

मुम्बई प्रहरीले यस प्रकरणमा हालसम्म नौ जना अभियुक्तविरुद्ध आरोपपत्र दायर गरेको छ, जसमा धेरै चकित पार्ने खुलासा भएका छन्।

भारतीय पत्रिका अमरउजालाका अनुसार मुम्बई प्रहरीले  सो प्रकरणमा सोमबार जेलमा रहेका ग्याङस्टर लरेन्स बिश्नोई सहित पक्राउ परेका ६ जना र तीन वान्टेड व्यक्तिविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। 

मुम्बई अपराध शाखाले एक हजार ७ सय ३५ पृष्ठको अभियोगपत्र विशेष एमओसी अदालतमा दायर गरेको हो। ‘यसमा तीन खण्डमा विभिन्न अनुसन्धान कागजातहरू समावेश छन्’, एक अधिकारीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad