ad ad

कला


‘घर बट इन अमेरिका’ बाट १० वर्षपछि कमब्याक गर्दै अरुणिमा लम्साल

‘घर बट इन अमेरिका’ बाट १० वर्षपछि कमब्याक गर्दै अरुणिमा लम्साल

नेपालखबर
असार २३, २०८१ आइतबार १२:३३, काठमाडौँ

कुनै समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनय क्षेत्रमा फर्किएकी छिन्। उनले हालै मात्र  ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायाङ्कन सुरु गरेकी हुन्। 

यस सिरिजको सुटिङ हाल अमेरिकामा भइरहेको छ। सन् २०१५ देखि अमेरिकामा रहेकी उनले पछिल्लो चलचित्र ‘पिपल’मा अभिनय गरेकी थिइन्। 

यो सिरिजलाई बिमलेश अधिकारीले निर्देशन गरिरहेका छन्। यसमा बिमलेश आफैले पनि प्रमुख भुमिकामा अभिनय गरेका छन्। एक समय नेपाली म्युजिक भिडियोको क्षेत्रमा वर्चश्व जमाएका अधिकारीले सयौँ म्युजिक भिडियो र केही चलचित्रमा अभिनय गरेका छन्। 

सन् २०१५ देखि अमेरिकाको मेरिल्यान्ड बस्दै आएका उनले चलचित्र ‘ब्रेकफेल’बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए। उनी पछिल्लो पटक सन् २०१६ मा ‘जंग बहादुरको कोट’ देखिएका थिए। 

सिचुएशनल कमेडी(ड्रामा विधामा बन्ने यो सिरिजको सम्पूर्ण छायांकन संयुक्त राज्य अमेरिकामा नै हुने निर्देशक अधिकारीले बताए। विवेक चम्लागाईंले लेखेको यो सिरिजमा गोप्य रूपमा लिभ-इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरको कथा रहेको छ।

पछिल्लो समय अमेरिकामा नै रहेका कलाकारहरू राधाबाबु लम्साल र खेम शर्माको पनि सिरिजमा मुख्य भूमिका रहेको छ। यही सिरिजबाट आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाले डेब्यु गर्दैछन्।

सेभेन कलर्स डिजिटलले निर्माण गर्ने सिरिजको अवधारणा पनि बिमलेशको नै हो। यसमा रोशन घिमिरे लाइन प्रोड्युसर, विवेक रसाइलीको सहायक निर्देशन, पशुपति बस्यालको छायांकन र अप्सरा कटुवालको मेकअप रहेको छ। यो सिरिज स्ट्रिमिङ हुने प्लाटफर्म भने खुलाइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .