ad ad

समाज


पोखरा, सर्लाही, सिराहा र बारामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी ४ जनाको मृत्यु

पोखरा, सर्लाही, सिराहा र बारामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी ४ जनाको मृत्यु

नेपालखबर
असार २३, २०८१ आइतबार १२:४५, काठमाडौँ

पोखरा महानगरपालिका–१८ ग्यारजाती स्थित सडकमा बिन्दबासिनी चोकबाट सराङकोटतर्फ जाँदै गरेको ग १ ख ४१५६ नम्बरको बसले च्यापिएर बसमा सवार सोही ठाउँ बस्ने ७२ वर्षीया ललिता थापाको शनिबार मृत्यु भएको छ।

बसबाट ओर्लिइ हिँड्ने क्रममा बसको पछाडिको पाङग्राले च्यापिएर गम्भीर घाइते भएकी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, सर्लाहीको हरिपुर नगरपालिका–१ जानकीनगर स्थित सडकमा ज ८ प ६८८९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३८ वर्षीय ईन्द्रहरि पोखरेलको शनिबार राति मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवन हुँदै हाईबे ट्रमा हस्पिटल चन्द्रनिगाहपुर रौतहटमा थप उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिराहाको नवराजपुर गाउँपालिका–४ सुनबर्सा चोकमा स ४ प २४९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूषको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वस्थ्य केन्द्र नवराजपुर हुँदै प्रादेशिक अस्पताल लहानमा थप उपचारको क्रममा मृत्यु भएको हो।

बारा, निजगढ नगरपालिका–११ उन्नासी पुलमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरूषको गए राति मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको सामुदायिक प्रसुती गृह अस्पताल निजगढ हुँदै प्रादेशिक अस्पताल कलैयामा थप उपचारको क्रममा मृत्यु भएको हो।

हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .