ad ad

कला


मिस्टर सुप्रानेसनलको उपाधिको छिनोफानो आज, यस्तो छ नेपालका धिरोजको अवस्था

मिस्टर सुप्रानेसनलको उपाधिको छिनोफानो आज, यस्तो छ नेपालका धिरोजको अवस्था

नेपालखबर
असार २०, २०८१ बिहिबार १४:१०, काठमाडौँ

‘मिस्टर सुप्रानेसनल २०२४’ को फिनाले आज राति पोल्यान्डमा हुँदै छ।

उपाधिका लागि नेपालसहित ३६ देशका युवक प्रतिस्पर्धामा छन्। नेपालबाट धिरोजकाजी बस्नेत यस वर्षको सुप्रानेसनलमा सहभागी छन्।

सुप्रानेसनलमा प्रतिस्पर्धा गर्नको लागि धिरोज तीन साताअघि पोल्यान्ड उडेका थिए, जहाँ उनले सुप्रानेसनलका विभिन्न राउन्डहरूमा उत्कृष्ट प्रस्तुति दिँदै विजेताको दाबेदारको रूपमा बलियो सम्भावना बनाएका छन्।

प्रतियोगिताकै बलियो विधाको रूपमा लिइने फिटनेस राउन्डमा धिरोजले तेस्रो स्थान बनाउन सफल भएका छन्। लेसर पोल्यान्डको नोवी सास्कमा आयोजना हुने मिस्टर सुप्रानेसनल प्रतियोगिताको ८ औँ संस्करण हो। फिनाले आज मध्यराति ११:४५ बाट बजे सुरु हुनेछ। नेपालमा यसको प्रत्यक्ष प्रसारण इमेज च्यानल एचडीले गर्दै छ। 

चितवनका धिरोज भलिबल खेलाडीसमेत हुन्। उनले विगत तीनवर्षदेखि अन्डर २३ राष्ट्रिय भलिबल टिममा कप्तानको जिम्मेवारी सम्हाल्दै आएका छन्।

मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डा सन्तोष उपाध्यायले धिरोजले फिनालेमा आफ्नो स्थान बनाउनेमा विश्वास व्यक्त गरे।

‘धिरोजकाजी बस्नेतले नेपालको भलिबल कप्तानको रूपमा सम्पूर्ण रेकर्ड तोड्न तयार छन्। हामी प्लेसमेन्ट प्राप्त गर्न र टाइटल घर ल्याउन सक्दो प्रयास गर्नेछौं,’ उनको भनाइ छ।

यसअघिका नेपालका प्रतियोगीहरूले पनि मिस्टर सुप्रानेसनलमा राम्रै स्थान बनाएका छन्।

सन् २०२१ मा सन्तोष उपाध्यायले मिस्टर इन्फ्लुन्सर र मिस्टर ट्यालेन्टको उपाधि जित्नुका साथै सुप्रानेसनलमा थर्ड रनरअप बनेका थिए।

त्यसैगरी, २०२२ का सनिश श्रेष्ठले पनि ट्यालेन्ट राउन्ड जितेका थिए। सन् २०२३ मा शिशिर वाग्लेले मिस्टर ट्यालेन्ट राउन्डको टप ४ मा पर्न सफल भएका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .