ad ad

कला


रिलिज‍अगावै करण जोहरको फिल्म ‘किल’को हलिउडमा रिमेक बन्ने पक्का

रिलिज‍अगावै करण जोहरको फिल्म ‘किल’को हलिउडमा रिमेक बन्ने पक्का

नेपालखबर
असार १८, २०८१ मंगलबार १४:३४, काठमाडौँ

करण जोहर निर्मित बलिउड फिल्म ‘किल’ रिलिजअघि नै चर्चामा छ। यसैबीच, हलिउडमा ‘किल’को रिमेक बन्ने खबर बाहिरिएको छ। 

एक्सन फिल्म शृ‌ंखला ‘जोन विक’का निर्देशक चाड स्टेहेल्स्की र उनको निर्माण कम्पनी ८७ इलेभेन इन्टरटेनमेन्टले किलको हलिउड रिमेक बनाउने भएका हुन्। यो फिल्म लायन्सगेटका लागि निर्माण हुनेछ।

निखिल नागेश भट्ट निर्देशित यो फिल्म जुलाई ५ मा रिलिज हुँदै छ। करणले आफ्नो इन्स्टा स्टोरीमा हलिउडमा रिमेक बन्न लागेको खबर सेयर गर्दै खुसी व्यक्त गरेका छन्।

हलिउड स्टुडियोको साझेदारीमा उत्तर अमेरिका र बेलायतका थिएटरमा हिन्दी फिल्म रिलिज भएको यो पहिलोपटक हो। 

भेराइटीको रिपोर्टअनुसार निर्देशक स्टेहेल्स्कीले विज्ञप्तिमार्फत भनेका छन्, ‘मैले भर्खरै हेरेको नागेश भट्टको सबैभन्दा वाइल्ड र क्रिएटिभ एक्सन फिल्म मध्येको एक हो किल। निखिलले यस फिल्ममा जसरी एक्सन सिक्वेन्स प्रस्तुत गरेका छन्, त्यसले यसलाई अझ ठूलो बनाउनु पर्छ। दर्शकहरूलाई अंग्रेजीमा बनाउनु अझ रोमाञ्चक हुनेछ।’

आर्मी कमान्डो अमृतको भूमिकामा देखिने लक्ष्य लालवानीले आफ्नी प्रेमिका तुलिका (तान्या माणिकतला) सँग उनको इच्छाविपरीत इन्गेजमेन्ट गरेको थाहा पाउँछन्। त्यसैले उनी विवाह रोक्न र आफ्नो साँचो प्रेमलाई फेरि भेट्न नयाँ दिल्लीको लागि रेल चढ्छन्, तर उनको यात्राले अचम्मको मोड लिन्छ जब अपराधीहरूको गिरोह बाटोमा निर्दोष यात्रुहरूलाई सताउन थाल्छ। ती सबैलाई बचाउने जिम्मेवारी अमृतले लिन्छ।

यस फिल्ममा राघव जुयाल खलनायकको भूमिकामा देखिनेछन्। फिल्मको ट्रेलरपछि राघवले सकारात्मक प्रतिक्रिया पाएका छन्।

गुनित मोंगाले एक अन्तर्वार्तामा राघव जुयालको क्यारेक्टरका लागि जम्मा १०० अडिसन लिएको र त्यसपछि मात्रै फाइनल भएको बताएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .