ad ad

राजनीति


राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्रीले भने– संविधानअनुसार अघि बढ्छु

राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्रीले भने– संविधानअनुसार अघि बढ्छु

फाइल तस्बिर


नेपालखबर
असार १८, २०८१ मंगलबार १४:३६, काठमाडौँ

सोमबार साँझबाट एकाएक परिवर्तन भएको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर जानकारी गराएउका छन्। 

मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए। सो भेटमा पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

शीतलनिवास निकट स्रोतका अनुसार, प्रचण्डले सत्ता समीकरणमा रहेका दलहरूले अहिलेसम्म औपचारिक रुपमा आफ्नो समर्थन फिर्ता नलिएको जानकारी गराए। साथै, उनले यदी कांग्रेससहितको गठबन्धनमा सत्तारुढ दल एमाले मिसिए त्यो अवस्थामा आफू संविधान अनुसार अघि बढ्ने जानकारी राष्ट्रपतिलाई गराएका छन्। 

‘अहिलेसम्म त समर्थननै फिर्ता कोही दलबाट लिइएको छैन,’ निकट स्रोतले प्रधानमन्त्री प्रचण्डको भनाइ उदृत गर्दै भन्यो, ‘समर्थन फिर्ता आएको खण्डमा संविधान अनुसार नै अघि बढ्छु।’

प्रचण्डले संविधान अनुसार भन्नुको अर्थ भने, अबको ३० दिनभित्र विश्वासको मत लिनेगरी अघि बढ्छु भन्न खोजेका हुन्। 

राष्ट्रपति पौडेललाई भेट्नुअघि प्रचण्डले पार्टी पदाधिकारीको बैठक बोलाएर छलफल गरेका थिए। जहाँ उनले आफूमाथि ओलीले धोका दिएको गुनासो मात्रै गरेनन्, यससलाई षड्यन्त्रको संज्ञा दिँदै संविधान अनुसार ३० दिनभित्र विश्वासको मत सामना गर्ने बताए।

सोही कुरा पार्टीबाट औपचारिक निर्णय मिडियामा सुनाएर शीतलनिवास गएका प्रचण्डले राष्ट्रपतिलाई पनि यस्तै भाव प्रकट गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .