ad ad

कला


लन्डनमा इन्टरनेसनल नेपाली फिल्म अवार्ड हुँदै

लन्डनमा इन्टरनेसनल नेपाली फिल्म अवार्ड हुँदै

नेपालखबर
असार १६, २०८१ आइतबार ११:१, काठमाडौँ

नेपाली चलचित्रको श्रीवृद्वि तथा अन्तर्राष्ट्रिय बजार बिस्तार गर्ने उद्देश्यले लन्डन यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड आयोजना हुने भएको छ। 

काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरि यति नेपाली एसोसिएसन, युकेको आयोजक र सगिक्षा फिल्म ईन्टरनेट प्रा.लि. व्यवस्थापनमा भाद्र १५ गते (अगष्ट ३१, २०२४) मा भव्य कार्यक्रमका लण्डन शहरमा बीच अवार्ड प्रदान गरिने भएको हो। 

वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका चलचित्रहरुलाई आधार मानेर उत्कृष्ट ३ छनोट गरिने आयोजक संस्थाले जानकारी दिएको छ। ईन्फा अवार्ड २०२४ को जुरीमा सुनिल थापा जुरी संयोजक, गौरी मल्ल र उज्ज्वल घिमिरे सदस्य रहेका छन्। 

तत्कालीन युवराज वीरेन्द्र विर विक्रम शाहको पहलमा पशुपति सम्शेर राणा अध्यक्ष भएर १९६० मा स्थापित संस्था हो, यति नेपाली एसोसिएसन युके। जसले चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्ने उदेश्यका साथ मर्यादित, प्रतिष्ठित अवार्ड गर्ने संस्थाका अध्यक्ष पिप्ला देवन थापाले प्रतिबद्धता व्यक्त गिरन्। 

अवार्डका लागि युके कमिटीमा अध्यक्ष देवान सहित पूर्व अध्यक्ष उमेश मोक्तान, महासचिव टंक भट्टराई, सचिव आशिष राज पन्त र पाल्देन लामा रहेका छन् भने नेपाल कमिटीमा सगिक्षा फिल्मसको तर्फबाट सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रशाक कुंवर कोषाध्यक्ष र मनिष कार्की संयोजकका रुपमा रहेका छन्। 

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी ज्युको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम भब्य र सब्य हुने विश्वास चलचित्रकर्मीहरुले राखेका छन्। कृष्ण मल्ल, नरेश पौडेल, यम बराल, मलिना जोशी लगायतका चलचित्रकर्मीहरुले कार्यक्रम सफलताको शुभकामना दिएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .