ad ad

कला


हरर कमेडी फिल्म ‘मुंज्या’ ले कमायो सय करोड भारु

हरर कमेडी फिल्म ‘मुंज्या’ ले कमायो सय करोड भारु

नेपालखबर
असार १०, २०८१ सोमबार १६:५१, काठमाडौँ

हरर कमेडी फिल्म ‘मुंज्या’ ले भारतमा आक्रामक कमाइ गरिरहेको छ। तेस्रो सातामा यस फिल्मले घरेलु बक्सअफिसमा सय करोड क्लबमा प्रवेश गरेको छ।  

आइतबार यो फिल्मले ७ करोड २० लाख भारतीय रुपैयाँ व्यापार गरेको थियो। योसँगै फिल्मको कुल कलेक्सन १०३ करोड भारु पुगेको छ। नेट कलेक्सनको हिसाबले फिल्मले अहिलेसम्म ८७.३१ करोड कमाइसकेको छ। आइतबार फिल्मको समग्र अकुपेन्ची ३३ प्रतिशत थियो।

यससँगै ‘मुंज्या’ यो वर्षको छैटौं सर्वाधिक कमाउने फिल्म बनेको छ। हालै रिलिज भएका ‘श्रीकान्त’, ‘मिस्टर एन्ड मिसेस माही’, ‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’ जस्ता ठूला स्टारकास्ट भएका फिल्मभन्दा यो कमाइमा निकै अगाडि छ।

फिल्मले तेस्रो सप्ताहन्तमा १६ करोड ३१ लाख रुपैयाँ कमाएको छ। फिल्मले शुक्रबार ३।३१ करोड, शनिबार ५.८० करोड र आइतबार ७।२० करोड भारु व्यापार गरेको थियो। यसअघि ‘मुंज्या’ ले पहिलो विकेन्डमा ३६.५० करोड र दोस्रो विकेन्डमा ३४.५० करोड कमाएको थियो।

‘मुंज्या’ को वर्ड अफ माउथ पब्लिसिटी देखेर ट्रेड एनालिस्टहरु फिल्मले तेस्रो हप्तामा पनि राम्रो कमाइ गर्ने आशा गरेका थिए। यसले १७ दिनमा १०० करोड भारु कमाएर कीर्तिमान बनाएको छ।

अभय र मोना सिंह अभिनित यस ब्रह्म राक्षसमा आधारित छ।  

यो फिल्मले बिहीबारसम्म पनि राम्रो व्यापार गर्न सक्छ। त्यसपछि जुन २७ मा मल्टिस्टार फिल्म ‘कल्की २८९८ एडी’ रिलिज भएपछि यसको कलेक्सनमा असर पर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .