ad ad

कला


‘स्वस्तानी भर्सेस ग्याङ’ मा युवापुस्ताको कथा (भिडिओ)

‘स्वस्तानी भर्सेस ग्याङ’ मा युवापुस्ताको कथा (भिडिओ)

नेपालखबर
असार १०, २०८१ सोमबार १२:२८, काठमाडौँ

कार्टुन्ज क्रुको निर्माण रहेको वेब सिरिज ‘स्वस्तानी भर्सेस ग्याङ’ सार्वजनिक भएको छ। ‘द कार्टुन्ज क्रु’ युट्युब च्यानलमार्फत सिरिजको पहिलो एसिसोड ल्याइएको हो।

सिरिजको पहिलो एपिसोडमा प्रताप र आश्माको प्रेमसम्बन्धलाई प्रस्तुत गरिएको छ। जहाँ आश्मा विश्वकर्मा स्वस्तानीको भूमिकामा छिन्। र, उनको प्रेमीको रुपमा प्रताश दासलाई देखाइएको छ। 

यस सिरिजमा आश्मा र प्रतापसहित सरोज अधिकारी, लक्ष्मी गिरी, प्रताप दास, विजय अधिकारी, जिवेश सिंह गुरुङ, रोशनी कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ।

सरोज अधिकारीको निर्देशनमा तयार भएको सिरिजलाई सरोजसहित सागर खनालले मिलेर निर्माण गरेका हुन्। सिरिज जम्मा १० एपिसोडको हुने टिमले जनाएको छ।
 
संकल भुजेलको खिँचेको सिरिजलाई सागर खनालले सम्पादन गरेका हुन्। युवापुस्ताका पात्रहरुमा केन्द्रीत रहेर बनाइएको सिरिजको कथा र पटकथा सरोज र सागरले लेखेका हुन्।

हेर्नुहाेस भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .