ad ad

कारोबार


हेटौँडाका गाई पालक कृषकलाई उपमहानगरको अनुदान

हेटौँडाका गाई पालक कृषकलाई उपमहानगरको अनुदान

नेपालखबर
असार १०, २०८१ सोमबार १२:४२, हेटौँडा

हेटौँडा उपमहानगरपालिकाले गाई पालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पदमपोखरीका कृषकलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

हेटौँडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०र८१ मा स्वीकृत वार्षिक बजेट अनुसार प्रदेश सरकारबाट हस्तान्तरित सःशर्त अनुदान कार्यक्रमबाट ८२ जना पशुपालन कृषकलाई सामग्री वितरण गरिइएको  हो। 

नगर प्रमुख मिनाकुमारी लामाले पशुमा लाग्ने विभिन्न लम्पी, खोरेत रोगको सङ्क्रमणको समयमा आवश्यक हुने स्प्रे पम्प, काउ म्याट, घाँस काट्ने मेसिन, गाई नुहाउने मेसिन, पानी ट्याङ्कीसहितको सामग्री वितरण गरिएको बताइन्। 

गाई प्रवर्द्धन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा सामग्री प्रदान गरिएको र यसले उत्पादनसँग जोडिँदै आयआर्जनमा लाग्न कृषकलाई सहयोग पुग्ने उनको भनाई छ।

पूर्वाधारको विकाससँगै उत्पादनसँग जोडिएर अघि बढ्न र सामग्रीको प्रयोग गरी दुग्ध उत्पादनमा काम गर्दै आयआर्जनमा बढावा दिन अनुदान कार्यक्रमले टेवा पुग्ने लामाले बताइन्।।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .