ad ad

कला


राई समुदायको साकेला र मगरको हुर्रा- सेवा झोर्ले (भिडिओसहित)

राई समुदायको साकेला र मगरको हुर्रा- सेवा झोर्ले (भिडिओसहित)

नेपालखबर
असार २, २०८१ आइतबार १६:१९, काठमाडौँ

गायिका सङ्गीता मस्राङ्गी मगर र गायक पदम राईको सेवा झोर्ले गीत सार्वजनिक भएको छ।

गीतको शब्द पदम साधना कुलुङ र विजय मगरले लेखेका हुन् भने सङ्गीत तथा सङ्कलन पनि विजय मगरले नै गरेका हुन्।

यस्तै, गीतमा एरेञ्ज, मिक्सिङ र मास्टरिङको काम देवेश राईले गरेका छन्। गीत माहोल स्टूडिओमा रेकर्डिङ्ग गरिएको हो।

गीतको भिडिओमा याङसाङ मुकारुङ, पुनम थापामागर, सुमीन गुरुङ र रेश्मा खजुम मुख्य रूपमा देखिएका छन्।

भिडिओ निर्देशन विजय मगरले नै गरेका हुन् भने दिनेश माङ्मुको कोरियोग्राफी छ।

गीत फरक तवरले बनाउने कोसिस गरेको निर्माण टोलीले बताएको छ। गीतमा राई समुदायको साकेला र मगर समुदायको हुर्रा एकैठाउँ अटाएका छन्।

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .