ad ad

समाज


९४ करोड २३ लाख बढी ठगीको आरोपमा ४ जना पक्राउ

९४ करोड २३ लाख बढी ठगीको आरोपमा ४ जना पक्राउ

नेपालखबर
असार २, २०८१ आइतबार १६:३८, काठमाडौँ

बचतकर्ताको रकम अपचलन गरेको आरोपमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।

आइतबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनका क्रममा अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पक्राउ पर्नेहरूमा तेजविक्रम थापा, सजना राजकर्णिकार, सञ्जय सापकोटा र भीमसेन महर्जन रहेको बताए।

यस सहकारीका पीडित बचतकर्ता २ हजार ५ सय ३१ र जम्मा निक्षेप २ अर्ब ८० करोड रहेको प्रहरीले बताएको छ। तर, जाहेरी भने ५६६ जनाले मात्र दर्ता गराएका छन्। उनीहरूले ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेको जाहेरीमा उल्लेख गरेका छन्र। 

तनहुँका थापा सहकारीका अध्यक्ष हुन् भने काठमाडौं गोकर्णेश्वरकी राजकर्णिकार व्यवस्थापक हुन्। त्यस्तै, काठमाडौँ कीर्तिपुरका महर्जन र काठमाडौं चाबहिलका सापकोटा संस्थाका सदस्य हुन्।

प्रहरीका अनुसार थापा २०५६ सालदेखि संस्थाको चिफ अकाउन्टेन्ट र संस्थापक सदस्य थिए। उनी २०६० देखि कार्यकारी अध्यक्ष बनेको पाइएको छ। त्यस्तै २०६६ देखि समिट अस्पताल, लोकन्थलीको अध्यक्ष, २०७० देखि अन्नपूर्ण किसान फिड एन्ड फर्टिलाइजेसन उद्योगको अध्यक्ष, २०७१ देखि कृषि टेलिभिजनको संस्थापक अध्यक्ष, २०७३ देखि गोरखा टेलिभिजन (साझा संसर मिडिया नेटवर्क) को संस्थापक अध्यक्ष, २०७४ देखि  यती हर्ब्स् प्रालिको अध्यक्ष, २०७१ देखि इन्टेन्सिव एग्रिकल्चर कम्पनी प्रालिको अध्यक्ष, २०६६ देखि कृषि इन्भेस्टमेन्ट प्रालिको अध्यक्ष, २०७० देखि कृषि फ्रेस प्रालिको अध्यक्ष र २०७६ देखि यती टेक्निक प्रालिको अध्यक्ष रहेको पाइएको छ।

थापाविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा २६ लाख ६६ हजार बिगो बराबरका बैंकिङ कसुरका उजुरी पनि छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .