ad ad

कला


सिनेमाघर एपमा ‘पशुपति प्रसाद : भष्मे डन’ हेर्न पाइने

सिनेमाघर एपमा ‘पशुपति प्रसाद : भष्मे डन’ हेर्न पाइने

नेपालखबर
असार २, २०८१ आइतबार १५:२, काठमाडौँ

हिट फिल्म ‘पशुपति प्रसाद’ को सिक्वेल ‘पशुपति प्रसादः भष्मे डन’ ओटीटीमा रिलिज भएको छ। गत कात्तिक ४ गते हलमा रिलिज भएको यो फिल्म ‘सिनेमाघर एप’ मा  स्ट्रिमिङ भएको हो।

यस फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे लगायतको अभिनय छ। खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि फिल्ममा विशेष भूमिकामा देखिएका छन्।

दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन्। टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता लामिछाने हुन्।

नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको सङ्गीत रहेको छ।

लेखक लामिछानेले चलचित्र नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल रहेकोले ओटिटिमा यस चलचित्रलाई मन पराउने विश्वास राखे।

हलमा यो चलचित्र गत दसैँको फूलपातीमा रिलिज भएको थियो। यसको सफलतासँगै ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा पनि गरिएको थियो।

सिनेमाघर एपमा ‘पशुपति प्रसाद २ः भष्मे डन’ सँगै हिट चलचित्रहरू जय भोले, महापुरुष, जारी, पानी फोटो, चपली हाइट ३ लगायतका फिल्महरु पनि उपलब्ध छन्।

सिनेमाघर एप एन्ड्रोइड र आइओस मोबाइलका साथै सामसुङ, एलजि, गुगल, अमेजन लगायतका टेलिभिजनहरूमा पनि डाउनलोड गर्न सकिन्छ। एपमा उपलब्ध चलचित्रहरू नेपाल र भारतका प्रमुख डिजिटल वालेटका साथै अन्य देशहरूमा पेपल, गुगल पे, एप्पल पे तथा डेबिट(क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ।

यो फिल्म हेर्न रु १९९ रकम तिर्नुपर्ने हुन्छ। यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत चलचित्रहरू हेर्न सकिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .