हङकङ : बसमा अचानक ब्रेक लागेपछि बेहोस यात्रुको मृत्यु, चालक पक्राउ

हङकङ : बसमा अचानक ब्रेक लागेपछि बेहोस यात्रुको मृत्यु, चालक पक्राउ

गाडीमा अचानक ब्रेक लागेपछि वृद्ध बेहोस भएका थिए (द स्ट्यान्डर्ड)


नेपालखबर
असार २, २०८१ आइतबार १५:१२, हङकङ

हङकङमा यात्रुबाहक बसले अचानक ब्रेक लगाएपछि बेहोस भएका एक यात्रुको मृत्यु भएको छ।

शनिबार बिहान करिब साढे १० बजे चिनसुइ वाइस्थित चिनसिङ रोडबाट चिनलङ रोडतर्फ जाँदै गरेको सटल बसले रातो बत्तीमा अचानक ब्रेक लगाउँदा एक वृद्ध यात्रु बेहोस भएको प्रहरीले जनाएको छ।

बसिरहेको सिटमा अचेत भएका ९२ वर्षीय वृद्धलाई चिनसुइ वाइ अस्पताल लगिएको थियो। यु उपनामका उनलाई अस्पतालले सवा ११ बजे मृत घोषित गर्‍यो।

प्रहरी स्रोतले जनाएअनुसार चिनक्वाइ रोडनजिकै ट्राफिक लाइटमा बसले अचानक ब्रेक लगाउँदा चालकको पछाडि बसेका वृद्ध बेहोस हुन पुगेका हुन्।

वृद्ध बेहोस भएपछि अन्य यात्रुले चालकलाई खबर गरेका थिए।

प्रारम्भिक स्वास्थ्य परीक्षणमा वृद्धको शरीरमा कुनै चोटपटक फेला परेन। उनको मृत्युको वास्तविक कारण पोस्टमार्टमपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ।

साथै, ६४ वर्षीय बस चालक लापरवाह तरिकाले सवारीसाधन चलाएको आरोपमा पक्राउ परेका छन्।

मेवुड कोर्टमा बस्ने वृद्ध व्यक्ति यमचामा रहेका साथीहरू भेट्न सटल बस चढेको र उनी बिरामी समेत रहेको द स्ट्यान्डर्डमा उल्लेख छ। हङकङमा सटल बसलाई छोटो दूरीको यात्रा गर्ने यात्रुबाहक बसको रूपमा चिनिन्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .