ad ad

कला


प्रहरीसमक्ष सलमानको ४ घण्टा बयान : त्यस दिन म गोलीको आवाजले ब्युँझिएँ

प्रहरीसमक्ष सलमानको ४ घण्टा बयान : त्यस दिन म गोलीको आवाजले ब्युँझिएँ

फाइल तस्बिर


नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १५:६, काठमाडौँ

बलिउड अभिनेता सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा गत अप्रिल १४ मा गोली प्रहार भएको घटनाको अनुसन्धान जारी छ। 

यस क्रममा मुम्बई प्रहरीले अहिलेसम्म २९ जनासँग बयान लिइसकेको छ। 

यसैबीच सलमान र उनका भाइ अरबाज खानले मुम्बई प्रहरीसमक्ष आफ्नो बयान टिपाएका छन्। 

यही जुन ४ तारिख दिउँसो १२ बजे मुम्बई प्रहरीको अपराध शाखाका ४ अधिकारी सलमान खानको बयान लिन उनकै घर पुगेका थिए।

उनीहरूलाई सलमान खानको बयान लिन ३ देखि ४ घण्टासम्म लाग्यो। उनका भाइ अरबाज खानको बयान लिन दुई घण्टा लाग्यो। अपराध शाखाको टोली बयान लिएर साँझ ५:३० बजेपछि सलमानको घरबाट निस्केको थियो।

अरबाज खानको बयान ४ पृष्ठ र सलमान खानको बयान ९ पृष्ठमा समेटिएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार घटना भएको रात सलमानको घरमा पार्टी थियो। जसका कारण उनी ढिला सुते र बिहान गोली चलेको आवाज सुनेपछि मात्र ब्युझिएँ। 

हालसम्म मुम्बई प्रहरीको अपराध शाखाले सलमान खानको घरमा गोली चलेको घटनामा २९ जनाको बयान लिइसकेको छ। घटनाका बेला सलमान खानका पिता सलिम खान पनि घरमा थिए। तर उनी वृद्ध भएका कारण उनको बयान लिइएन। एक वरिष्ठ प्रहरी अधिकारीले आवश्यक परे सलिम खानको पनि बयान लिइने बताएका छन्। 

मुख्य अभियुक्त लरेन्स बिश्नोईलाई साबरमती कारागारबाट छिट्टै हिरासतमा लैजाने प्रक्रिया सुरु हुने पनि ती प्रहरी अधिकारीले जानकारी दिएका छन्। 

यस्तो छ पूरा घटना 
अप्रिल १४ मा बिहान ४ बजेर ५२ मिनेटमा सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा बाइकमा सवार २ बन्दुकधारीले ५ राउन्ड गोली हानेका थिए।

एउटा गोली सलमानको घरको भित्तामा लागेको थियो भने अर्को गोली त्यहाँ जडान गरिएको जाल छेडेर सलमानको घरभित्र रहेको ड्रइङ रुमको भित्तामा लागेको थियो। त्यसपछि उनीहरू आफ्नो बाइक चर्चनजिकै छाडेर भागेका थिए।

प्रहरीले गोली हान्ने विक्की गुप्ता (२४ वर्ष) र सागर पाल (२१ वर्ष) लाई गुजरातको भुजबाट पक्राउ गरेको थियो। उनीहरूलाई हतियार उपलब्ध गराएको आरोपमा पञ्जाबबाट पक्राउ परेका अनुज थापानले भने प्रहरी हिरासतमै आत्महत्या गरेका थिए। दाबीअनुसार अनुज लरेन्स बिश्नोई गिरोहको सम्पर्कमा थिए। उनी ट्रक हेल्परको काम गर्थे। मुम्बई अपराध शाखाले सुरतको तापी नदीबाट एउटा पेस्तोल बरामद गरेको थियो।

अप्रिल १४ मा सलमान खानको घरमा गोली हान्न त्यही पेस्तोल प्रयोग गरिएको अपराध शाखाको दाबी छ। प्रहरीका अनुसार यी हतियार अनुज र सुभाषले दिएका हुन्। 

हिरासतमै मृत्यु भएका अनुज थापानको परिवारले गत मे ४ मा सलमानविरुद्ध मुम्बई उच्च अदालतमा रिट दायर गरेका छन्। जसमा सलमानलाई कारबाही गर्न माग गरिएको छ।

आत्महत्या भनिएको घटनाबारे सीबीआई अनुसन्धानको माग पनि गरिएको छ। थापानका परिवार र वकिलले अनुजको मृत्यु आत्महत्या नभई हत्या भएको आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .