गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनलाई नगद रु ५१ हजारसहित सम्मान प्रदान गरिएको हो।
यसैगरी रु २१ हजार राशिको ‘पुष्कर सर्वोत्कृष्ट पत्रकारिता’ पुरस्कार पत्रकार श्याम स्मृतलाई प्रदान गरिएको छ।
अभिनेता शाहले सम्मानित भएपछि भने, ‘नेपाली चलचित्रका प्रारम्भिक दिनमा ‘प्रिन्ट’ बोकेर चलचित्र भवनमा पुर्याएर उद्धव पौडेलले गर्नुभएको योगदानसँग म परिचित छु । मलाई अझै काम गर्ने प्रेरणा मिलेको छ।’
21
Shares
प्रतिक्रिया