कला


यस्तो छ दयाहाङ र मिरुना स्टारर ‘घरज्वाइँ’ को टिजर

यस्तो छ दयाहाङ र मिरुना स्टारर ‘घरज्वाइँ’ को टिजर

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १६:४९, काठमाडौँ

दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘घरज्वाइँ’ को टिजर सार्वजनिक भएको छ। मन पराएकी युवतीसँग बिहे गर्न घरज्वाइँ बन्नुपर्ने बाध्यतामा परेको एक पात्र वरिपरि टिजर घुम्छ।

अनिल बुढा मगरको कथा र निर्देशन रहेको फिल्ममा मगर संस्कृतिमा आधारित छ। दयाहाङ र मिरुनाको प्रेमदेखि बिहेसम्मको प्रसंग टिजरमा समेटिएको छ। दयाहाङ फिल्ममा शिक्षकको भूमिकामा हुन्छन्। उनले मिरुनालाई पाउन गर्नुपरेको संघर्ष टिजरमा देखाइएको छ।

जनक घर्ती मगर निर्माता रहेको फिल्ममा अनिलसहित विनोद खतिवडा र सुभास कोइरालाको पटकथा छ। बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, खबपु पुन, बिबेश बुढा मगर र सुनिल मगर लगायतको फिल्ममा अभिनय छ।

सुसन प्रजापतिले खिँचेको फिल्मको छायाङ्कन पुर्वी रुकुम र तकसेरा ठाउँहरुमा गरिएको हो। यो फिल्म आगामी असार २८ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad