कला


फोक्सुण्डोमा काव्य यात्रा

फोक्सुण्डोमा काव्य यात्रा

नेपालखबर
असार १६, २०७६ सोमबार १५:४५,

पर्यटकीय सम्भावना बोकेको फोक्सुण्डो तालको प्रवद्र्धन गर्ने उद्देश्यले ‘कन्सेप्ट नेपाल’ले १५ लेखकलाई पदयात्रा गराएको छ। यही असार ७ गते काठमाडौँबाट शुरु भएको ‘फोक्सुण्डो काव्य यात्रा’का सहभागीले फोक्सुण्डो ताल क्षेत्रमा पुगेर कविता वाचन गरेका छन्।

काव्य यात्रीहरुले डोल्पाको सुलिगाडबाट पदयात्रा शुरु गरेका थिए। पदयात्रा शुरु गरेको तीन दिनपछि उनीहरु फोक्सुण्डो ताल पुगेका थिए। पदयात्रीहरुले फोक्सुण्डो झरना, बोन गुम्बा, रिङ्ग्मो र पुग्मो गाउँको समेत अवलोकन गरेका थिए। काव्य यात्रीले ताल किनार र तापिरिचा विद्यालयमा कविता वाचन गरेका थिए। सो अवसरमा कलाकार कृष्णबहादुर नेपालीले तालमा बसेर बनाएका चित्रहरुसमेत प्रदर्शनी गरिएको काव्य यात्राका संयोजक अमृत भादगाउँलेले जानकारी दिए।

यात्राका क्रममा आयोजकले रिग्मो र पुग्मो गाउँका चार संस्कृतिकर्मीलाई जनही रु दश हजारसहित फोक्सुण्डो काव्य सम्मान प्रदान गरिएको थियो। ताल किनारमा आयोजित कार्यक्रममा टुङ्नावादक निमा लातार बैजी, लोकगायिका नाम्दाक लामा, होइसेर डोल्मा बैजी र समाजसेवी सेम्दुक आङक्याल रोकायालाई सम्मान गरिएको संयोजक भादगाउँलेले बताए।

काव्य यात्रामा अभय श्रेष्ठ, भूपिन, सागर उदास, गनेस पौडेल, हेमन यात्री, दीपेन्द्रसिंह थापा, हेमन्त विवश, देवेन्द्र बस्न्यात, चन्द्र काफ्ले, सुरेन्द्र राना, कृष्णबहादुर नेपाली, कमल खत्री, विष्णुप्रसाद देवकोटा, अमृत भादगाउँले र सेम्दुक लामा सहभागी छन्।

यात्राको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ भने सहयोगीमा शे–फोक्सुण्डो गाउँपालिका, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, एक्सप्लोर डोल्पो टेक्स एण्ड एक्सपिडिशन, डेष्टिनेशन डोल्पो ट्राभल एण्ड टे«किङ कम्पनी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलगायत छन्। आयोजकले फोक्सुण्डोको वृत्तचित्र, बुकलेट र पुस्तक प्रकाशन गर्ने जनाएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .