मोडल सनिशा भट्टराई विराज भट्टको फिल्म ‘१२ गाउँ’ बाट अनुबन्धित भएकी छिन्। म्युजिक भिडिओमा चर्चित सनिशाले फिल्मक्षेत्रमा डेब्यु गर्न लागेकी हुन्।
सनिशा फिल्मको मुख्य भूमिकामा अनुबन्धित भएको विराज भट्टले जानकारी दिए। ‘धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिशा भट्टराई हाम्रो १२ गाउँ चलचित्रमार्फत प्रमुख भूमिकामा आफ्नो यात्राको सुरुवात गर्दै। उहाँलाई धेरै धेरै बधाई तथा शुभकामना,’ विराजले फेसबुकमा लेखेका छन्।
म्युजिक भिडिओमा काम गरेसँगै दर्शकश्रोताको मायाले कलाकारितामा एक पाइला अगाडि सार्ने सौभाग्य पाएको सनिशाले बताएकी छिन्।
‘नेपाली चलचित्रका सफल निर्माता, कलाकार विराज भट्ट ज्यूद्वारा निर्देशित/निर्माण हुन लागेको चलचित्र १२ गाउँ मा मुख्य नायिकाको रुप मा अभिनय गर्ने सौभाग्य प्राप्त गरकी छु। यसको सम्पुर्ण श्रेय मेरा आम दर्शक श्रोता र १२ गाउँ निर्माता निर्माण टिमलाइ दिन चाहान्छु।’
‘ए होर माया’ गीतबाट करियर सुरु गरेकी सनिशाले खेलेका थुप्रै म्युजिक भिडिओ चर्चित छन्।
विराज भट्टकै निर्देशनमा बन्ने फिल्ममा उनका छोरा समीर भट्टको पनि मुख्य भूमिका हुनेछ। साथै पूर्व मिस इन्टरनेसनल २०२२ की न्यासी खड्काले पनि यसै फिल्मबाट डेब्यु गर्देँछिन्। एक्सन थ्रिलर जनरामा बन्ने फिल्मको कथा र पटकथा सन्तोष सरकारले लेखेका हुन्।
Shares
प्रतिक्रिया