कला


सलमानको घरमा गोलीकाण्ड : पन्जाबबाट थप २ युवक पक्राउ

सलमानको घरमा गोलीकाण्ड : पन्जाबबाट थप २ युवक पक्राउ

फाइल तस्बिर : सलमान खान


नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार ९:१०, काठमाडौँ

बलिउड सुपरस्टार सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा गोली चलेको घटनामा मुम्बई अपराध शाखाले सुटरहरूलाई हतियार आपूर्ति गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

घटना अनुसन्धानका क्रममा सलमानको घरमा गोली हानिएका दुई बन्दुक गुजरातको तापी नदीबाट बरामद गरेपछि मुम्बई प्रहरीले ती हतियार आपूर्ति गरेको आरोपमा ३७ वर्षीय सोनु सुभाष चन्द्र र ३२ वर्षीय अनुज थापानलाई पक्राउ गरेको हो। 

भारतीय पत्रिकाका अनुसार सोन खेतीपातीका साथै किराना पसल चलाउँछन् भने अनुज ट्रकमा खलासीको काम गर्छन्। दुवै जना लरेन्स बिश्नोई गिरोहको सम्पर्कमा थिए।हाल जेलमा रहेका लरेन्स तिनै व्यक्ति हुन्, जसले सलमानलाई बारम्बार हत्याको धम्की दिएका थिए। 

सलमानको घरमा गोली चलाइएको घटना अनुसन्धानमा मुम्बई अपराध शाखाका धेरैवटा टोली संलग्न छन्। यसै क्रममा हतियार आपूर्तिकर्ताबारे सूचना पाएपछि यसको एउटा टिम पन्जाब  गएको थियो। जहाँबाट गोली चलाउन प्रयोग हुने बन्दुक आपूर्ति गरेको आरोपमा उल्लिखित दुई जनालाई पक्राउ गरिएको हो।

यही अप्रिल १४ तारिख बिहानै मुम्बईको बान्द्रास्थित सलमानको घरमा बाहिर गोली चलाइएको थियो। सो आरोमाप मुम्बई अपराध शाखाले सागर पाल र विक्की साहेब गुप्तालाई यसअघि नै पक्राउ गरिसकेको छ। हाल उनीहरू हिरासतमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .