कला


सलमानको घरमा गोली हान्ने एउटा बन्दुक नदीमा भेटियो, अर्को खोज्दै प्रहरी

सलमानको घरमा गोली हान्ने एउटा बन्दुक नदीमा भेटियो, अर्को खोज्दै प्रहरी

सलमान खान र उनको घरमा गोली हान्ने दुई युवक सीसीटीभीमा


नेपालखबर
बैशाख ११, २०८१ मंगलबार ९:६, काठमाडौँ

बलिउड सुपरस्टार सलमान खानको घरबाहिर यही अप्रिल १४ मा भएको गोलीकाण्डमा प्रहरीले अर्को ठूलो सफलता हात पारेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बई अपराध शाखाले सुरतको तापी नदीबाट एक बन्दुक बरामद गरेको छ, जुन सलमानको घर बाहिर गोलीबारीमा प्रयोग गरिएको थियो। 

दोस्रो बन्दुकको पनि खोजी भइरहेको मुम्बई प्रहरीले जनाएको छ। 

मुम्बई अपराध शाखाले दुईवटा बन्दुक रहेको र १० राउन्ड फायर गर्न निर्देशन दिइएको खुलासा गरेको छ। प्रहरीका अनुसार सोधपुछका क्रममा अभियुक्तहरूले गोली हानिसकेपछि सुरतको तापी नदीमा बन्दुक फालेको बताएका छन्। 

यस मुद्दामा हालसम्म १० जनाभन्दा बढीको बयान लिइसकेको छ र यो प्रक्रिया जारी छ। 

हालै मुम्बई अपराध शाखाले आरोपित विक्की गुप्तालाई सुरत तापी नदीमा लगेको थियो, जहाँ उनले बन्दुक फालेका थिए। 

यसैबीच घरमा गोलीकाण्डपछि दुबई गएका सलमान भारत फर्किएका छन्। कार्यक्रममा भाग लिएर उनी मुम्बई फर्किएका हुन्।

वर्कफ्रन्टको कुरा गर्दा उनी आगामी वर्षको इदमा सिकन्दर नामक चलचित्र ल्याउँदै छ। यो फिल्म एआर मुरुगादासले निर्देशन गर्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .