कला


सलमान खानको घरमा गोली चलाएको आरोपमा विक्कीका भाइ पनि पक्राउ

सलमान खानको घरमा गोली चलाएको आरोपमा विक्कीका भाइ पनि पक्राउ

नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार १५:१९, काठमाडौँ

बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाएको घटनामा मुम्बई अपराध शाखाले थप एक जनालाई पक्राउ गरेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार अभियुक्त विक्की गुप्ताका भाइ सोनु गुप्तालाई पनि मुम्बई प्रहरीले नियन्त्रणमा लिएको हो। 

हाल उनीसँग सोधपुछ जारी छ। गोली हान्ने षड्यन्त्रमा सोनु गुप्ता पनि संलग्न रहेको मुम्बई प्रहरीको आशंका छ। 

उक्त गोलीकाण्डमा मुम्बई प्रहरीले अर्को महत्त्वपूर्ण जानकारी सार्वजनिक गरेको छ। प्रहरीका अनुसार अभियुक्त सागर पाल गुन्डाहरूको जीवनशैलीबाट प्रभावित थिए। उनी आफ्नो सपना पूरा गर्न गिरोहमा सामेल भएको प्रहरीले जनाएको छ।

गिरोहसँग हात मिलाएर उनले अभिनेता सलमान खानको घरबाहिर गोली चलाउने काम पाएका थिए। पक्राउ परेका व्यक्तिहरूलाई सलमान खानको घरमा गोली चलाए ठूलो रकम पाउने भनिएको थियो। 

गोलीकाण्डपछि पहिलोपटक देखिए सलमान 
शुक्रबार भएको गोलीकाण्डपछि सलमान खान पहिलोपटक सार्वजनिक स्थानमा देखिएका छन्। उनलाई मुम्बई एयरपोर्टमा देखिएका हो। 

उनका अंगरक्षक शेरा पनि उनीसँगै हिँडिरहेका थिए। राज्य सरकारले सलमान खानलाई वाई प्लस सुरक्षा दिएको बताइएको छ। 

सलमान खानलाई सुरक्षाकर्मीले पूर्ण रूपमा घेरेको देखियो। मिडिया रिपोर्टका अनुसार सलमान खान आफ्नो फिटनेस ब्रान्ड ‘बिइङ स्ट्रङ’को सुरुवातका लागि दुबई प्रस्थान गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .