ad ad

कला


‘फर्की फर्की’ को ट्रेलरमा रोमान्टिक अनमोल र जसिता

‘फर्की फर्की’ को ट्रेलरमा रोमान्टिक अनमोल र जसिता

नेपालखबर
बैशाख ६, २०८१ बिहिबार १९:५४, काठमाडौँ

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा टाइम ट्राभलको कथालाई प्रस्तुत गरिएको छ।

अनमोलको दैनिक गतिविधी र जसितासँगको प्रेमसम्बन्ध वरिपरि ट्रेलर घुमेको छ। पहिलोपटक स्क्रिन सेयर गरेका अनमोल र जसिताको रोमान्स पनि ट्रेलरमा देख्न सकिन्छ।

फिल्ममा अनमोल म्याडीको भूमिकामा छन्। जो अनमोल आफूलाई भगवान ठान्छन्। आफूलाई पावरफूल ठान्दा आउने समस्यापनि ट्रेलरमा देखाइएको छ। साथै ट्रेलरमा नवकलाकार समृद्धि अर्याल र रवि काफ्लेले राम्रै स्थान पाएका छन्। फिल्ममा सलोन बस्नेत, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारहरुको पनि अभिनय छ। 

सुयोग गुरुङको लेखन र निर्देशनमा बनेको फिल्मको निर्माता रोहित अधिकारी हुन्। नरेन्द्र मैनालीको खिँचेको फिल्ममा रोहितका साथै ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालको लगानी रहेको छ।

यो फिल्म आगामी जेठ १० गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .