घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को पहिलो गीत सार्वजनिक भएको छ। मंगलबार फिल्ममा समावेश ‘खुल्ला आकाश’ बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा संगीतकार हर्कुलस बस्नेतको शब्द, संगीत र स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा साम्राज्ञी राज्यलक्ष्मी शाहसँग डेव्यु अभिनेता निश्चल खड्का फिचर्ड छन्। जहाँ दुबै रोमान्टिक देखिएका छन्।
यस फिल्ममा साम्राज्ञी र निश्चलका साथै कविर खड्का र गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको अभिनय रहेको छ। निश्चलका साथै गरिमाले यही फिल्मबाट डेब्यू गर्देछिन्।
फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन्। यस फिल्मले ट्राभल लभस्टोरीको कथा पेस गर्छ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको यो फिल्म जेठ २५ गतेबाट रिलिज हुँदैछ। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले यस फिल्मलाई नेपालभर वितरण गर्नेछ।
Shares
प्रतिक्रिया