करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउडमा प्रवेश गरेकी अभिनेत्री तारा सुतारियाले एउटा ठूलो फैसला गरेकी छन्।
हालै रिलिज भएको र अहिले चर्चामा रहेको शाहिद कपुरको फिल्म ‘कबीर सिंह’का लागि कियारा आडवाणीभन्दा पहिले आफूलाई अफर मिलेको उनले बताएकी छन्। उनी भन्छिन्, ‘मैले त्यो अफरलाई टुक्राएकी थिएँ।’
फिल्मले ९ औँ दिनमा १६४ करोड कमाएपछि ताराले नयाँ खुलासा गरेकी हुन्। उनलाई अर्को फिल्म ‘स्टुडेन्ड अफ द इयर २’को अफर पनि सोही वर्ष आएको थियो। त्यसैले उनले सो फिल्मलाई चुनिन्।
तर, फिल्म हिट भएपछि अहिले उनी कबीर सिंह साउथको सुपरहिट फिल्म भएकाले यो हिट हुनु जायज हो। फिल्म हिट भएसँगै शाहिदबारे केही विवाद पनि सुनिएको छ। शाहिदको ‘कबीर सिंह’ भूमिकालाई लिएर कतिपयको मत बाँडिएको छ।
शाहिदले महिलालाई दुब्र्यवहार गर्ने भएकाले उनको फिल्मको भूमिकालाई गिज्याइरहेका छन्। ताराले पनि शाहिदको सोही व्यवहार थाहा पाएर फिल्ममा नखेलेको भन्ने खालका समाचार पनि बाहिर आएका छन्।
भारतीय मिडियाको रिपोर्टअनुसार तारा ‘कबीर सिंह’ नखेलेका कारण यतिबेला पश्चाताम मानिरहेकी छन्।
प्रतिक्रिया