वरिष्ठ रंगकर्मी हरिहर शर्मालाई २०८० सालको ‘अशेष मल्ल-सावित्री रंगकर्म’ पुस्कार दिइने भएको छ। सर्वनाम थिएटरको ४३ औं वार्षिकोत्सवको दिन यस पुरस्कारको घोषणा गरिएको हो।
रामगीता बाङ्मय मन्दिरद्वारा स्थापित यस पुरस्कारमा ५० हजार राशिसहित ताम्रपत्र रहेको छ। रंगकर्मी अशेष मल्लले शर्मालाई बधाई दिएका छन्।
‘राज्यबाट पूर्णत उपेक्षित भएर पनि नेपाली रङ्गकर्म वर्तमान कालमा उर्वरको अवस्थामा छ। यसलाई प्रोत्साहन दिनका लागि अमेरिकामा रहेर पनि नेपाली रङ्गकर्मको विकास हुनुपर्छ भन्ने सोच र चिन्तनलाई कार्य रूपमा परिणत गर्दै आफ्नै निजी पैसा लगाएर यो पुरस्कारको स्थापना भएको छ। हामीलाई लाग्दछ, यो पुरस्कार सम्पूर्ण नेपाली रङ्गकर्मीहरूको हो,’ उनले फेसबुकमा लेखेका छन्।
त्यसैगरि, ‘प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ कथाकार राजेन्द्र विमलको कथा–सङ्ग्रह ‘सरबरिया टोल’ लाई प्रदान गर्ने निर्णय गरिएको छ। छिट्टै एक कार्यक्रमको आयोजना गरेर यी पुरस्कार प्रदान गरिनेछ।
Shares
प्रतिक्रिया